त्रिविको ट्रान्सक्रिप्ट लिन अब बल्खुमा लाइन बस्न नपर्ने

त्रिविको ट्रान्सक्रिप्ट लिन अब बल्खुमा लाइन बस्न नपर्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आजदेखि ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ।

आज बिहान ११ बजेबाट सुरु भएको यो सेवाले अब बल्खुस्थित कार्यालयमा लाइन बस्ने झन्झट हटाउनेछ। प्रारम्भमा ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि मात्र सेवा खुला गरिएको छ भने अन्य सेवाहरू पनि क्रमशः अनलाइनमा ल्याउने योजना छ।

जेठ १५ देखि सबै सेवा अनलाइनमार्फत उपलब्ध हुने जनाइएको छ। फारम भर्नका लागि (student.tuexam.edu.np) मा लगइन गरी निर्देशनअनुसार प्रक्रिया पूरा गर्न सकिनेछ, र शुल्क अनलाइनबाट भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। मार्कसिटमा त्रुटि भए करेक्सन अप्सन प्रयोग गर्नुपर्ने पनि जनाइएको छ।

viber image 2025 04 15 11 08 51 271 https://bajarkochirfar.com/no-more-waiting-in-line-in-balkhu-to-get-tu-transcripts | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स