एनएमबि क्यापिटलले आज (माघ २४ गते) देखि बन्दमुखी म्युचुअल फन्ड योजना ‘एनएमबि हाइब्रिड फन्ड एल–२’ को बिक्री खुला गरेको छ। यो योजना अन्तर्गत १२ करोड इकाई प्रतिइकाई १० रुपैयाँमा बिक्रीमा ल्याइएको हो। यो योजना एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने १० वर्ष अवधि भएको बन्दमुखी म्युचुअल फन्ड हो।
जसमध्ये १ करोड ६८ लाख इकाई (कुल योजनाको १४ प्रतिशत) कोष प्रवर्द्धक एनएमबि बैंक र १२ लाख इकाई (१ प्रतिशत) योजना व्यवस्थापक एनएमबि क्यापिटलले खरिद गर्नेछन्। सर्वसाधारणका लागि बाँकी १० करोड २० लाख इकाई सार्वजनिक निष्कासन गरिएको छ।
उक्त योजनामा न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ।
सी–आस्वा सेवाप्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइन आवेदन दिन सकिनेछ। यसमा माघ २८ गतेसम्म आवेदन दिन सकिनेछ। यदि सो अवधिमा सबै इकाई बिक्री नभएमा फागुन ११ गतेसम्म लम्ब्याउन सकिने कम्पनीले जनाएको छ।







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया