एनएमबि बैंकले बोलायो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने मुख्य एजेन्डा

एनएमबि बैंकले बोलायो वार्षिक साधारणसभा, लाभांश पारित गर्ने मुख्य एजेन्डा
AdvertisementAds

एनएमबि बैंक लिमिटेडले पुस २४ गते ३०औँ वार्षिक साधारणसभा बोलाएको छ। मंसिर २८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले काठमाडौंस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान १० बजे सभा बोलाउने निर्णय गरेको हो।

सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षित वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरिनेछ।त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक बैठक भत्ता वृद्धि गर्ने तथा आवश्यकता अनुसार बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभामा पेश गरिनेछ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। जसअनुसार नेप्सेमा पुस ८ गतेसम्म कायम सेयरधनी मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स