एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा आज बिहान ११ बजेदेखि बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बस्दैछ।
सभाले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार रुपैयाँको आधारमा २.५० प्रतिशत बोनस सेयर र ०.१३१५७९ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसका साथै, सभामा गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरू पारित गरिनेछ। चालू आवका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसमेत सभाको कार्यसूचीमा समावेश गरिएको छ।
यस्तै, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने, अघिल्लो आर्थिक वर्षमा भएका खर्चहरू अनुमोदन गर्ने तथा सञ्चालकहरूको बैठक भत्तासम्बन्धी प्रस्तावमाथि पनि निर्णय लिनेछ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेकोले, जेठ २१ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।



















प्रतिकृया