निफ्राको ५ अर्ब रुपैयाँको ग्रीन बण्ड आजदेखि सार्वजनिक रूपमा निष्काशन, कति पाइन्छ ब्याजदर ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ १८ गते
निफ्राको ५ अर्ब रुपैयाँको ग्रीन बण्ड आजदेखि सार्वजनिक रूपमा निष्काशन, कति पाइन्छ ब्याजदर ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आजदेखि ‘निफ्रा हरित उर्जा ऋणपत्र ६%–२०८८/८९’ सार्वजनिक रूपमा निष्काशन गरेको छ। ७ वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ६ प्रतिशत ब्याजदर हुनेछ।

ऋणपत्रको प्रतिकित्ता अंकित मूल्य १ हजार रुपैयाँ रहेको छ। बैंकले कुल ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट अनुमति पाएको हो।

तीमध्ये ३० लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट (private placement) बिक्री गर्नेछ भने बाँकी २० लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ। सार्वजनिक निष्काशनमा १ लाख कित्ता सामूहिक लगानी कोष (mutual funds) लाई सुरक्षित गरिएको छ र बाँकी १९ लाख कित्ता सर्वसाधारणले खरिद गर्न सक्नेछन्।

यसमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

निष्काशन छिटोमा जेठ २१ गते (2025 June 3) बन्द हुनेछ, भने माग पर्याप्त नभएमा ढिलोमा असार १ गते (2025 June 15) सम्म खुला रहनेछ।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको भूमिका एनआइएमबि एस क्यापिटल लिमिटेड ले निर्वाह गर्नेछ।

क्रेडिट रेटिङ संस्था इक्रा नेपालले निफ्रालाई “ICRA NP Issuer Rating BBB” प्रदान गरेको छ। यसले बैंकको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्दछ।

ब्याज भुक्तानी प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि, कर कट्टी गरी गरिनेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स