निफ्राको ५ अर्ब रुपैयाँको ग्रीन बण्डमा आवेदन दिने म्याद थपियो



Advertisement
Ads

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरिरहेको ७ वर्षे अवधि तथा वार्षिक ६% ब्याजदर भएको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६%–२०८८/८९’ मा आवेदन दिने म्याद जेठ २२ गतेसम्म लम्बिएको छ। यसअघि छिटोमा निष्काशन बन्द म्याद जेठ २१ तोकिएको थियो, तर उपत्यकामा जेठ १८ गते सार्वजनिक बिदा परेपछि म्याद एक दिन बढाइएको हो।

ऋणपत्रको अंकित मूल्य प्रतिकित्ता १ हजार रुपैयाँ छ, जसमा ५० लाख कित्ता निष्काशन हुँदैछ। तीमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ, जसमा १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ। न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्ता माग गर्न सकिने यो ऋणपत्रको बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड हो।


Advertisement

इक्रा नेपालले निफ्रालाई इक्राएनपी इस्यूअर रेटिङ्ग ट्रिपल बी प्रदान गरेको छ, जसले मध्यम स्तरको वित्तीय सुरक्षाको संकेत गर्छ। ब्याज भुक्तानी कर कट्टा गरी हरेक आर्थिक वर्षको दुई अर्धवार्षिक अवधिपछि गरिनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर