आइसी एसिया बैंकले आज (मंसिर २६ गते) देखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त र नागरिक लगानी कोषको संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । जसमा बैंकले आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता सेयर लिलामीमा ल्याएको छ । यसमा लगानीकर्ताले न्यूनतम २७७ रुपैयाँ मूल्य राखेर आवेदन दिन सक्नेछन् ।
यस्तै, बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक सेयर पनि लिलामीमा ल्याएको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७६३ रुपैयाँ तोकिएको छ। दुवै कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
दुवै कम्पनीको सेयरमा पुस ३ गतेसम्म बोलपत्र पेश गर्न सकिनेछ । लिलामी आवेदन एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं, एनआइसी एसिया बैंकको केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट पेश गर्न सकिनेछ ।













![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया