एनआईसी एसिया बैंकको ऋणपत्र आजदेखि बिक्री खुला, वार्षिक ब्याजदर कति पाइन्छ ?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २५ गते
एनआईसी एसिया बैंकको ऋणपत्र आजदेखि बिक्री खुला, वार्षिक ब्याजदर कति पाइन्छ ?

एनआइसी एसिया बैंकले आज चैत २५ गते सोमबारदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले १० वर्ष अवधि भएको ‘७% एआइसी एसिया डिबेन्चर २०९१’ निष्काशन गरेको हो ।बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री खुला गरेको हो । जसमध्ये  ६० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत र ४० प्रतिशतले हुन आउने २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई निष्कासन गर्नेछ।

सर्वसाधारणलाई जारी हुने इकाईबाट ५ प्रतिशत अर्थात १ लाख इकाई भने म्युचुअल फन्डलाई छुट्याइएको छ । यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । यो डिबेन्चरमा चैत २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा भने वैशाख ८ गतेसम्म भर्न सकिन्छ ।

लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरु र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसमा प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एनआइसी एसियालाई समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउने आइआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस प्रदान गरेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स