एनआईसी एसिया बैंकको लिलाम बिक्री जानकारी अब अनलाइन पोर्टलमा

एनआईसी एसिया बैंकको लिलाम बिक्री जानकारी अब अनलाइन पोर्टलमा

एनआईसी एसिया बैंकले आफ्नो लिलाम बिक्रीसम्बन्धी सम्पूर्ण जानकारी अनलाइन पोर्टलमार्फत उपलब्ध गराउने व्यवस्था गरेको छ। बैंकले बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत विवरण अनलाइनमार्फत सहज रूपमा प्राप्त गर्न सकिने नयाँ पोर्टल सञ्चालनमा ल्याएको हो।

ग्राहकहरूले पोर्टलमा प्रकाशित लिलाम बिक्रीसम्बन्धी सूचनामा रहेको क्यूआर कोड स्क्यान गरी https://auctionassistance.nicasiabank.com मार्फत लिलाममा रहेका सम्पत्तिका कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा, र लोकेसन पहिचान गर्न गुगल म्यापको सुविधा प्रयोग गर्न सक्नेछन्।

यस पोर्टलमार्फत, ग्राहकहरूले लिलाम बिक्रीमा रहेका सम्पत्तिको विस्तृत विवरण हेरेपछि थप जानकारी आवश्यक परेमा सोही पोर्टलमा रहेको म्यासेज बक्समार्फत आफ्नो नाम, इमेल ठेगाना, मोबाइल नम्बर, र सम्पर्क ठेगाना राखी बैंकलाई सन्देश पठाउन सक्ने सुविधा उपलब्ध गराइएको छ।

बैंकले यो पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीसम्बन्धी सम्पत्ति र सूचनाहरू प्रकाशित गरिने बताएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स