ङादी ग्रुप पावरको अवितरित हकप्रद सेयर आजदेखि बिक्री खुला

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
ङादी ग्रुप पावरको अवितरित हकप्रद सेयर आजदेखि बिक्री खुला

ङादी ग्रुप पावर लिमिटेडले आज (फागुन २० गते) देखि अवितरित हकप्रद सेयर लिलाम बिक्री खुला गरेको छ। कम्पनीले गत पुस २३ गतेदेखि माघ २९ गतेसम्म १:१ अनुपातमा हकप्रद सेयर निष्कासन गरेको थियो। तर, तोकिएको समयमा पर्याप्त आवेदन नपरेपछि अब ८ लाख ७३ हजार ६१.२२५ कित्ता अवितरित सेयर लिलाम प्रक्रियामार्फत बिक्री गर्न लागेको हो।

यो सेयर कुनै पनि व्यक्ति, संघसंस्था वा कम्पनीले खरिद गर्न सक्नेछन्। इच्छुक लगानीकर्ताले न्यूनतम प्रतिकित्ता १०० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी फागुन २० देखि फागुन २८ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ।

बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने सोभन्दा बढीका लागि १० अंकले भाग जाने संख्यामा वा अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

यस हकप्रद सेयरको लिलाम बिक्री प्रक्रिया सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गर्नेछ। इच्छुक लगानीकर्ताहरूले बोलपत्र फाराम सिद्धार्थ क्यापिटल, नक्साल, काठमाडौं तथा सिद्धार्थ बैंकका विभिन्न शाखा कार्यालयहरू—विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी, र महेन्द्रनगरबाट प्राप्त गर्न र बुझाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स