रिलायन्सका लगानीकर्तामाथि नेप्सेको ‘चरम’ अन्याय; लगातार १० दिन सर्किट लाग्दा पनि आउँदैन सावाँ

रिलायन्सका लगानीकर्तामाथि नेप्सेको ‘चरम’ अन्याय; लगातार १० दिन सर्किट लाग्दा पनि आउँदैन सावाँ

गत पुष १८ गते आईपीओ बाँडफाँड सम्पन्न भएको रिलायन्स स्पिनिङ मिल्सको आईपीओ अन्ततः आज नेप्सेमा सुचिकृत भएको छ।

आईपीओको पहिलो कारोबारका लागि नेप्सेले रु १००–३०० को ओपनिङ रेन्ज तोकेको छ, जबकि कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता रु ८२०.८० मा आईपीओ जारी गरेको थियो।

यसअघि प्रचलित व्यवस्थाअनुसार कुनै पनि कम्पनीले आईपीओ निष्कासनका क्रममा विवरणपत्रमा उल्लेख गरेको प्रतिसेयर नेटवर्थको अधिकतम तीन गुणा मूल्यलाई आधार मानेर नेप्सेले पहिलो कारोबारको ओपनिङ रेन्ज तोक्ने गर्दथ्यो। यस आधारमा रिलायन्स स्पिनिङ मिल्सले प्रतिसेयर नेटवर्थ अनुसार रु २४२.०५ देखि रु ७२६.१५ सम्मको ओपनिङ रेन्ज पाउने देखिएको थियो।

तर कम्पनीको हकमा उक्त व्यवस्थाअनुसार अधिकतम तीन गुणासम्म मूल्य निर्धारण गर्दा पनि बुक–बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणलाई प्रतिकित्ता रु ८२०.८० मा जारी गरिएको मूल्यभन्दा कम पर्ने अवस्था देखिएको थियो। यस कारण नेप्सले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ सूचीकरण लामो समयसम्म रोकेको थियो। लगानीकर्तालाई अन्याय नहुने गरी कम्पनीको मूल्य रेन्ज तय गर्न नेप्से व्यवस्थापन टिमले सञ्चालक समितिसमक्ष आग्रह गरेको थियो। सम्भावित विवादबाट जोगिन नेप्सेले ओपनिङ रेन्ज तोक्ने व्यवस्था नै परिवर्तन गरेको हो।

नयाँ व्यवस्थाअनुसार नेप्सेले पोजेटिभ नेटवर्थ भएका कम्पनीहरूको हकमा, नेटवर्थ जति भए पनि सेयरको अंकित मूल्य (फेस भ्यालु) लाई आधार मानी फेस भ्यालुको अधिकतम तीन गुणासम्मको ओपनिङ रेन्ज तोक्नेछ।

यस्तै नेगेटिभ नेटवर्थ भएका कम्पनीहरूको हकमा भने सोही नेटवर्थलाई आधार मानी तीन गुणासम्मको ओपनिङ रेन्ज तोकिने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिएका छन्।

सूचीकरण भएको पहिलो दिनमै लगानीकर्ता २६ हजार घाटामा
यो कम्पनीको आईपिओ सर्वसाधारणका लागि प्रतिकित्ता रु. ८२०.८० मा खुलेको थियो। बुक बिल्डिङ्ग पद्धतिबाट आएको आइपिओमा न्यूनतम ५० कित्ताको लागि आवेदन दिनुपर्ने व्यवस्था अनुसार लगानीकर्ताको कुल लगानी रु. ४१,०४० हुनजान्छ। अधिकतम ३०० रुपैयाँमा ओपन हुँदा लगानीकर्ताहरु पहिलो दिनमै रु. २६,०४० घाटामा पर्ने भएका छन्।

लगातार १० दिन सकारात्मक सर्किट लाग्दा पनि सावाँ नआऊने
नेप्सेले गरेको नयाँ व्यवस्था अनुसार रिलायन्सको आईपिओ बढीमा ३०० रुपैयाँमा खुल्नेछ। यसरी हेर्दा यदि लगातार १० दिन पोजिटिभ सर्किट लागेपनि मूल्य रु. ७८२.११ मात्रै पुग्नेछ। नेप्सेको व्यवस्था अनुसार कुनै कम्पनीको मूल्य १ कारोबार दिनमा १०% भन्दा धेरै बढ्न वा घट्न पाउँदैन।

626087517 894036066856914 5536505448639149380 n https://bajarkochirfar.com/nepses-extreme-injustice-against-reliance-investors-no-profit-even-after-10-consecutive-days-of-circuit-trading | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

4 Comments
Oldest
Newest Most Voted
Rabin Sharma
Rabin Sharma
3 months ago

अलिकति पनि लोजिक छैन यस्तो नियम कहा बाट बनाउँछन् ? जतिमा आइपीओ आयो त्यति नै ओपनिङ बनाउन सक्दैनन् ? बुद्धि नभाका बुद्धिजीवी निकाय हरु

Shyam Timsina
Shyam Timsina
3 months ago

Nepse ka corrupt haru le jyan jogayera hidnu parne dekhiyo. Jani jani manchhe ko paisa ma khelbad garidine, paisa dubaidine.

Raz
Raz
3 months ago

पहिलो दिनमै पुग्छ ३६३

bharat kc
bharat kc
3 months ago

यो भेटाए किन्ने शेयर हो बेच्ने होइन भनेको होला ।

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स