निरन्तर ओरालो लागेको नेप्से सामान्य अंकले बढ्यो

निरन्तर ओरालो लागेको नेप्से सामान्य अंकले बढ्यो

पछिल्लो पाँच कारोबार दिनको गिरावटपछि, आज नेप्सेमा सुधार देखिएको छ। आज नेप्से परिसूचक ६.५४ अङ्कले बढेर २६८३.८६ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये ५ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर ७ अर्ब २४ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल रीपब्लिक मिडियाको भएको छ। यस दिन ३२२ कम्पनीको १ करोड ३९ लाख सेयर कारोबार भएको छ।

नेप्से ६.५४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ६.५४ अङ्कले बढ्दा १३४ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: सिक्लेस हाइड्रोपावर, राप्ती हाइड्रोपावर, भगवती हाइड्रोपावर, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र सप्तकोशी डेभलपमेन्ट बैंक रहेको छ।

TOP GAINERS 31 https://bajarkochirfar.com/nepse-which-has-been-continuously-declining-rose-by-a-modest-percentage-point | %tags

नेप्से ६.५४ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ६.५४ अङ्कले बढ्दा ९८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: भूगोल इनर्जी,  उपकार लघुवित्त, ग्लोबल आइएमइ लघुवित्त, इन्फिनिटी लघुवित्त र सोल्टी होटल रहेको छ।

TOP LOSERS 27 https://bajarkochirfar.com/nepse-which-has-been-continuously-declining-rose-by-a-modest-percentage-point | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स