साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक तीव्र गतिमा उकालो लागेको छ। कारोबार सुरु भएको २ मिनेटमै नेप्से २८०० को बिन्दु पार गरेको थियो। ११:०२ मा नेप्से परिसूचक २८२५ पुगेको थियो भने कारोबार रकम पनि ७९ करोड भएको थियो।
प्रि-ओपन सेसनमा नै परिसूचक करिब २१ अंकले बढेर बन्द भएको थियो। अघिल्लो कारोबार दिन मंगलबार ७.१३ अंकले बढेर २७६५.८८ बिन्दुमा बन्द भएको नेप्से, यस दिन प्रि-ओपन सेसनमा २०.७६ अंकले बढ्दै २७८६.६५ बिन्दुमा पुगेको थियो।
हाल समाचार तयार पार्दासम्म (११:३७ बजे) नेप्से २९.२१ अंकले बढेर २७९५.१० बिन्दुमा पुगेको छ। कारोबार रकम पनि उल्लेखनीय वृद्धि भई पहिलो आधा घण्टामै २ अर्ब २१ करोड पुगेको छ।
















प्रतिकृया