धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव शून्य आठ अङ्कले उकालो लागेर दुई हजार ७५४ दशमलव ४८ मा पुगेको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ६८ अङ्कले उकालो लागेर ४७१ दशमलव शून्य छ मा पुगेको छ । कूल ३४६ कम्पनीको एक करोड छ लाख ६१ हजार ४७६ कित्ता सेयर रु तीन अर्ब ८२ करोड आठ लाख ९६ हजार ९६६ मूल्यमा खरिद बिक्री भयो ।
कारोबारका आधारमा कर्पोरेट डेभलपमेन्ट बैंक शीर्ष स्थानमा रहेको छ । यस्तै, आँखु खोला हाइड्रोपावर, अपि पावर कम्पनी, रिडी पावर कम्पनी र नेशनल हाइड्रोपावर शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।
यस्तै, अप्पर लोहोरे खोला हाइड्रोपावर, माउण्टेन हाइड्रोपावर, बुङ्गल हाइड्रोपावर, शिखर पावर डेभलपमेन्ट र सिटी होटलका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।
त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंक, एसबिएल डिवेञ्चर, प्राइम डिवेञ्चर, बोटलर्स नेपाल बालाजु र नेपाल एसबिआई बैंक डिवेञ्चरका लगानीकर्ताले भने सर्वाधिक गुमाएका छन् । कारोबार भएकामध्ये कूल २४८ कम्पनीको सेयर मूल्य बढ्दा, २१ कम्पनीको भने घटेका छन् ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया