दोहोरो अङ्कले बढ्यो नेप्से, परिसूचक फेरि २६ सय माथि
आज नेप्से परिसूचक १२.५८ अङ्कले बढेर २६०१.२१ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये १० उपसमूह बढेको छ भने ३ उपसमूह घटेको छ। दिनभर ६ अर्ब २५ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार एनएरएनको भएको छ। यस दिन ३२५ कम्पनीको १ करोड २९ लाख सेयर कारोबार भएको छ।
नेप्से १२.५८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १२.५८ अङ्कले बढ्दा एउटा कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने १७१ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: बोटलर्स नेपाल (बालाजु), विन नेपाल लघुवित्त, समलिंग पावर, नेपाल रीपब्लिक मिडिया, र नारायणी डेभलपमेन्ट बैंक रहेको छ।

नेप्से १२.५८ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १२.५८ अङ्कले बढ्दा ६८ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सुपर मादी हाइड्रोपावर, रिभर फल्स, अपर हेवा हाइड्रोपावर, नेपाल हाइड्रो डेभलपर्स र दिव्यश्वरी हाइड्रोपावर रहेको छ।
