सूचक समायोजनपछि नेप्से ७.१० अंकले बढ्यो

सूचक समायोजनपछि नेप्से ७.१० अंकले बढ्यो

सोमबारको कारोबार दिनको अन्त्यमा नेप्से परिसूचक ७.१० अंकले वृद्धि भई २,९७१.३१ विन्दुमा पुगेको छ। यसअघि नेप्सेको समायोजन प्रक्रियामा देखिएको त्रुटिका कारण सूचकमा अन्य परिणाम देखा परेको थियो।

नेप्सेले सुरुमा आफ्नो वेबसाइटमा बजार २.०७ अंकले घटेको देखाएपछि लगानीकर्ताहरूको आलोचना खेप्नुपर्‍यो। त्यसपछि करिब तीन घण्टापछि नेप्सेले त्रुटि सुधार गर्दै परिसूचकलाई अपडेट गरेको हो। यद्यपि टिएमएस प्रणालीमा भने अझै पनि सूचक २.६१ अंकले मात्र बढेको देखिएको छ।

बजार बन्द हुँदा कुल कारोबार रकम १९ अर्ब ३६ करोड रुपैयाँ नाघेको छ। आज ४ करोड ४१ लाखभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।

522399078 1128201119367727 5344187638341998188 n https://bajarkochirfar.com/nepse-rises-by-7-10-points-after-index-adjustment | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स