आज नेप्से परिसूचक १४.११ अङ्कले बढेर २६२६.३१ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये दुई उपसमूह घटेको छ भने बाकी ११ उपसमूह बढेको छ। दिनभर ५ अर्ब २० करोडको कारोबार हुँदा सर्वाधिक कारोबार जानकी फाइनान्सको भएको छ। यस दिन ३१२ कम्पनीको १ करोड २७ लाख सेयर कारोबार भएको छ।
नेप्से १४.११ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १४.११ अङ्कले बढ्दा तिन ओटा कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने १६० कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, आत्मनिर्भर लघुवित्त, न्यादी हाइड्रोपावर, र सप्तकोशी हाइड्रोपावर रहेको छ।

नेप्से १४.११ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १४.११ अङ्कले बढ्दा एउटा कम्पनीको सेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ भने ७० कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स, युनिलिभर नेपाल , नारायणी डेभलपमेन्ट बैंक, र नेपाल हाइड्रो डेभलपर्स रहेको छ।


प्रतिकृया