नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घटेर दुई हजार ७७० दशमलव २६ बिन्दुमा कायम भएको छ ।
आज ३४९ कम्पनीको एक करोड ४० लाख १३ हजार १६७ कित्ता सेयर एक लाख ५१ हजार २८६ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ५२ करोड ८० लाख ७७ हजार ९७६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।
आजको कारोबारमा अन्य समूह शून्य दशमलव ७३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । बैङ्किङ शून्य दशमलव ८४, विकास बैङ्क एक दशमलव २२, वित्त शून्य दशमलव ६१, होटल तथा पर्यटन दुई दशमलव ५६, जलविद्युत् एक दशमलव ७४, लगानी शून्य दशमलव ४७ र जीवन बीमा समूह शून्य दशमलव १६ प्रतिशतले घटेको छ । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह दुई दशमलव ४६, लघुवित्त शून्य दशमलव ४४, म्युचुअल फन्ड शून्य दशमलव ३१ निर्जीवन बीमा शून्य दशमलव ३९ र व्यापार समूह शून्य दशमलव ३९ प्रतिशतले घटेको छ ।
हिमालयन बैङ्क लिमिटेड बण्ड २०८६ को सेयर मूल्य आज सबैभन्दा धेरै छ प्रतिशतले बढेको छ भने सबैभन्दा धेरै घट्नेमा कर्पोरेट डेभलपमेन्ट बैङ्क लिमिटेडको सेयर मूल्य १४ दशमलव ९९ प्रतिशतले घटेको छ ।












![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)


![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया