विश्वकपमा सर्वाधिक विकेट लिने खेलाडी बनिन् नेपालकी पूजा महतो
महिला यू–१९ टी–२० विश्वकपमा नेपाली कप्तान पूजा महतो सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा प्रमुख स्थानमा छन्। समूह चरण र प्लेअफपछिको अवस्थामा पूजा ४ खेलबाट ९ विकेट लिइसकेकी छन्।
मलेसियाविरुद्धको खेलमा पूजा महतोले ३.४ ओभरमा ९ रन दिएर ४ विकेट लिइन्। उनको प्रभावशाली बलिङका कारण मलेसिया ४४ रनमै रोकिएको थियो।
सर्वाधिक विकेट लिने सूचीमा दोस्रो स्थानमा श्रीलंकाकी चमुदी प्रबोदाले ७ विकेट लिइसकेकी छन्।