चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा विप्रेषणमा उल्लेखनीय वृद्धि देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार, यो अवधिमा विप्रेषण ३५.४ प्रतिशतले बढेर ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। साउनमा विप्रेषण २९.९ प्रतिशतले बढेर १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ पुगेको थियो भने भदौमा वृद्धि दर ३३.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा वृद्धि ११.९ प्रतिशत थियो।
विप्रेषण वृद्धिले चालु खाता र शोधनान्तर दुवैलाई सकारात्मक बनाएको छ। पहिलो त्रैमासमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोड र शोधनान्तर २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। तर, बाह्य व्यापारतर्फ भने घाटा बढेको छ। पहिलो तीन महिनामा कुल व्यापार घाटा १२.२ प्रतिशतले बढेर ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। यस अवधिमा वस्तु निर्यात ८९.६ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड पुगेको छ भने आयात १९.८ प्रतिशतले वृद्धि भई ४ खर्ब ६८ अर्ब ८ करोड पुगेको छ।












![SIP गर्ने कि SIP on Stock? नेपालमा SIP on Stock कसरी सुरु गर्ने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-1-150x150.jpg)


प्रतिकृया