टिकटक चलाउन नेपाल टेलिकमले ल्यायो ४८ रुपैयाँमै २० जीबी डेटा पाउने अफर



Advertisement
Ads

नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकोत्सवको अवसरमा माघ २२ गतेदेखि फागुन ८ गतेसम्म १५ दिनका लागि विभिन्न प्याकेजहरू ल्याएको छ। एनटीसीका ग्राहकले अब ५९ रुपैयाँमा १ दिनका लागि १ एमबीपीएस अनलिमिटेड डेटा र १२० मिनेटको भ्वाइस प्याकेज प्राप्त गर्न सक्नेछन्।


Advertisement

त्यस्तै, नेपाल टेलिकमले सामाजिक सञ्जाल टिकटक प्याकेज पनि ल्याएको छ। दैनिक टिकटक चलाउने ग्राहकलाई ४८ रुपैयाँमा ५ एमबीपीएस स्पीड र २० जीबी डेटा सहित थ्रोटल १ एमबीपीएसको प्याकेज उपलब्ध गराइनेछ। हप्तादिनसम्म टिकटक चलाउने ग्राहकलाई भने १७० रुपैयाँमा दैनिक २० जीबी डेटा र ५ एमबीपीएस स्पीडको, थ्रोटल २ एमबीपीएसको प्याकेज उपलब्ध गराइनेछ।


Advertisement

ग्राहकहरूले ४९९ रुपैयाँमा एक महिनाका लागि अनलिमिटेड अलनेट भ्वाइस कल सेवा र ५९९ रुपैयाँमा एकमहिनाभरी अनलिमिटेड डेटा प्याकको सुविधा प्राप्त गर्न सक्नेछन्। ७९९ रुपैयाँमा ग्राहकलाई अनलिमिटेड प्रिमियम डेटा प्याकको एक महिनाको सेवा उपलब्ध गराइनेछ। साथै, ९७७ रुपैयाँमा नेपाल टेलिकमको फेस्टिभ कम्बो प्याक पनि उपलब्ध हुनेछ।

त्यसैगरी, नेपाल टेलिकमले माघ २२ गतेदेखि फागुन २१ गतेसम्म नयाँ र पुराना ग्राहकका लागि एफटीटीएच मार्फत ५०/७५/१००/१५० तथा २ सय एमबीपीएसको वार्षिक प्याकेज ल्याएको छ। यो प्याकेज खरिद गर्दा ग्राहकलाई १ महिनाको थप सेवा प्राप्त हुनेछ। साथै, दुई वर्षको समयावधिको एफटीटीएच प्याकेज किन्दा १५ प्रतिशत छुटसमेत उपलब्ध हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर