नेपाल एसबिआई बैंकले ‘७ प्रतिशत नेपाल एसबिआई डिबेञ्चर २०९०’ नामक ऋणपत्र असार ३० गतेदेखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। यो ऋणपत्र १० वर्ष अवधिको हुनेछ र वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान गर्नेछ।
बैंकले कुल ३० लाख कित्ता ऋणपत्र, प्रत्येक कित्ता १ हजार रुपैयाँ अंकित मूल्यमा, अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्नेछ। जसमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ) व्यक्तिगत तर्फका संस्थागत लगानीकर्ताका लागि र ४० प्रतिशत अर्थात् १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ) सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको हिस्साबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।
लगानीकर्ताहरूले न्यूनतम २५ कित्ता देखि अधिकतम १२ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रमा साउन १ गतेसम्म आवेदन दिन सकिनेछ, तर सो अवधिभित्र पूर्ण बिक्री नभएमा आवेदन अवधि साउन १२ गतेसम्म लम्बिनेछ।
यो निष्काशन तथा बिक्रीको प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ। इच्छुक लगानीकर्ताहरूले सी–आस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था, वा मेरोसेयर एपमार्फत आवेदन दिन सक्नेछन्।







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?fit=640%2C360&ssl=1)







![नेपाली सेयर बजार अब कता ?, नेप्से बढ्छ कि घट्छ ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/05/maxresdefault-1.jpg?resize=150%2C150&ssl=1)

प्रतिकृया