बैंकिङ प्रणालीमा अत्यधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गरी प्रणालीबाट पैसा तानिरहेको छ।
यसैक्रममा, राष्ट्र बैंकले आज साउन ७ गते फेरि बैंकिङ प्रणालीबाट ८० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत तान्ने भएको छ। तरलता व्यवस्थापनका लागि दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।
राष्ट्र बैंकका अनुसार निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। रकम भाग गर्दा बाँकी हिस्सा (निःशेष भाग) जान सक्ने गरी प्रस्ताव राख्नुपर्नेछ।
बोलकबोल ब्याजदरको आधारमा हुनेछ, र बहुब्याजदरमा बहुबोलकबोल गर्न पनि सकिनेछ। यस प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
यो निक्षेप संकलन ५६ दिनको अवधिको हुनेछ, जसको साँवा तथा ब्याज असोज १ गते भुक्तानी गरिनेछ।
पछिल्लो समय कर्जाको माग नबढेकाले बैंकिङ प्रणालीमा अत्यधिक तरलता देखिएको हो। बैंक तथा वित्तीय संस्थाहरू झण्डै ३ प्रतिशत ब्याजदरमै केन्द्रीय बैंकलाई पैसा दिन बाध्य छन्।















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)




प्रतिकृया