बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १३ गते
बैंकिङ प्रणालीबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता व्यवस्थापन गर्न आज ४० अर्ब रुपैयाँ झिक्ने योजना बनाएको छ। केन्द्रीय बैंकले अल्पकालिन उपकरण (सर्ट-टर्म डिपोजिट) मार्फत ८८ दिनको अवधिका लागि उक्त रकम संकलन गर्न लागेको हो।

राष्ट्र बैंकले इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई अनलाइन बिडिङ प्रणालीमार्फत आज मध्यान्ह ३ बजेसम्म बोलकबोल गर्न सकिने जनाएको छ। आवेदन दिने क्रममा हरेक बैंक वा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँसम्म भाग गर्दै कुल आह्वान रकमभित्र आवेदन दिन सक्नेछन्।

निक्षेपको साँवा र ब्याज भुक्तानी २०८३ जेठ १० गते हुनेछ। यस निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागी हुन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स