राष्ट्र बैंकले रु. १ हजारका नोट छाप्ने जिम्मा दियो चिनियाँ कम्पनीलाई

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २१ गते
राष्ट्र बैंकले रु. १ हजारका नोट छाप्ने जिम्मा दियो चिनियाँ कम्पनीलाई

नेपाल राष्ट्र बैंकले रु. १ हजार दरको नयाँ नोट छाप्ने ठेक्का चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई दिएको छ। केन्द्रीय बैंकले आज जारी गरेको सूचनाअनुसार, उक्त कम्पनीले नोट छाप्ने कामको लागि १ करोड ६९ लाख ८५ हजार अमेरिकी डलरको ठेक्का पाएको छ।

राष्ट्र बैंकले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी रु. १ हजार दरको नयाँ नोट छाप्न इच्छुक कम्पनीहरुलाई प्रस्ताव पेश गर्न आग्रह गरेको थियो। अब उक्त चिनियाँ कम्पनीले ४३ करोड थान नयाँ नोट छाप्नेछ।

कम्पनीले नोटको डिजाइन, छपाइ र आपूर्तिसम्बन्धी सबै काम गर्नेछ। यसअघि पनि सोही कम्पनीले राष्ट्र बैंकबाट रु. ५० दरको नयाँ नोट छाप्ने ठेक्का पाएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स