नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइने ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २६ गते
नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म भर्न पाइने ?

नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले साउन ६ गतेदेखि बिक्री खुला गरेको हकप्रद सेयरमा आवेदन अवधि भदौ २ गतेसम्म बढाएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको ३४.७८ प्रतिशत दरले हकप्रद निष्काशन गर्दैछ, जसअनुसार हालको १० कित्ता सेयर बराबर ३.४७८३ कित्ता नयाँ सेयर पाउने छन्। यसका लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ६५ लाख ७६ हजार ९६७.७६ कित्ता, कुल ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँ बराबरको हकप्रद जारी गरेको हो।

हकप्रद प्रयोजनका लागि बुकक्लोज जेठ ३० गते गरिएको थियो, जसअनुसार जेठ २९ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउने छन्। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन सिंगल ए माइनस’ रेटिङ दिएको छ, जसले पर्याप्त वित्तीय दायित्व वहन क्षमता संकेत गर्दछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल लिमिटेड हो। सेयरधनीले बिक्री प्रबन्धकका कार्यालय, आस्वा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ मार्फत आवेदन दिन सक्नेछन्। हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स