नेपालले पहिलोपटक आईसीसी महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन सफल भएको छ। सोमबार सम्पन्न सुपर ३ चरणको खेलमा नेपालले यूएईलाई ५ विकेटले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
यूएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्यो। कप्तान इन्दु बर्माले अविजित ३४ रनको उत्कृष्ट पारी खेल्दै टिमलाई जित दिलाइन्।
त्यसअघि टस जितेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन बनाएको थियो। यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन्, भने तीर्था सतिशले २१ र हीना होचन्दानीले २० रनको योगदान दिइन्।
बलिङतर्फ नेपालका लागि मनिषा उपाध्यायले चम्किलो प्रदर्शन गर्दै ४ ओभरमा २० रन खर्चिएर ४ विकेट लिइन्। यस्तै कविता कुँवरले २ विकेट र राजमती ऐरीले १ विकेट हात पारिन्।
नेपालले अब मंगलबार थाइल्याण्डसँग खेल्नेछ।





















प्रतिकृया