नेशनल लाइफको साधारणसभा भोलि बस्दै, के–के छन् प्रस्तावहरु ?

नेशनल लाइफको साधारणसभा भोलि बस्दै, के–के छन् प्रस्तावहरु ?

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा भोलि लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे बस्ने भएको छ।

सभामा हाल कायम चुक्ता पूँजी ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँको १०% नगद लाभांश, ५% बोनस सेयर र तिनीहरूमा लाग्ने कर तिर्न ०.७८९४७३% नगद लाभांश समायोजन गर्ने प्रस्ताव पारित गरिनेछ।

साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र वित्तीय विवरणहरू पारित गरी चालू आवका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ।

त्यसैगरी, कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पारित गरिनेछ।

यसैगरी, संस्थापक समूह ‘क वर्ग’बाट ३ जना र सर्वसाधारण लगानीकर्ता ‘समूह ख’ बाट २ जना सञ्चालकको निर्वाचन पनि गरिनेछ।

सभा तथा लाभांश वितरणका लागि कम्पनीले जेठ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएकोले जेठ २१ गतेसम्म नेप्सेमा दर्ता भएका शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्षम हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स