नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा आज लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ। कम्पनीकी सञ्चालक समितिकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको अध्यक्षतामा सम्पन्न सभाले हाल कायम ५ अर्ब २१ करोड २१ लाख ३३ हजार रुपैयाँ चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश, ५ प्रतिशत बोनस सेयर तथा त्यसमा लाग्ने कर तिर्न ०.७८९४७३ प्रतिशत अतिरिक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरूसमेत स्वीकृत गर्दै चालू आवका लागि लेखापरीक्षक नियुक्ति र उनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ।
अध्यक्ष सिंहले आफ्नो सम्बोधनमा एक्चुरी भ्यालुएसनमा देखिएको समस्याका कारण साधारणसभा ढिला भएको उल्लेख गर्दै आगामी वर्षदेखि समयमै सभा आयोजना गरिने प्रतिबद्धता जनाइन्। साथै, उनले कम्पनीको व्यवसाय विस्तारसँगै नेटवर्क पनि बलियो भएकोले लगानीकर्तालाई उचित प्रतिफल दिन सकिने विश्वास व्यक्त गरिन्।
सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गर्ने, अघिल्लो आवमा भएको खर्च अनुमोदन गर्ने, तथा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि पारित गरेको छ। सोही सभाबाट संस्थापक समूह ‘क’ वर्गबाट ३ जना र सर्वसाधारण समूह ‘ख’ बाट २ जना सञ्चालकको निर्वाचन सम्पन्न गरिएको छ।
लाभांश वितरण तथा सभाका प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरेको थियो। तसर्थ, जेठ २१ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले पारित लाभांश प्राप्त गर्नेछन्।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)







![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया