राष्ट्रिय बीमा कम्पनीले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् प्रस्तावहरु

राष्ट्रिय बीमा कम्पनीले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् प्रस्तावहरु
Advertisement Ads

राष्ट्रिय बीमा कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारणसभा असार २९ गते बोलाएको छ। कम्पनी सञ्चालक समितिको असार ५ गते बसेको बैठकले सभा काठमाडौंको शंखमूलस्थित अनमोल क्याटरिङ्ग सर्भिस प्रा.लि.मा बिहान ११ बजे सुरु गर्ने निर्णय गरेको हो।

सभामा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ का लागि सञ्चालक समितिका अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ। त्यसैगरी, सोही दुई आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा वित्तीय विवरणसँग सम्बन्धित सनुसूचीहरू पनि सभामा प्रस्तुत भई पारित गरिनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले असार २३ गतेदेखि साधारणसभाको दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार, असार २२ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन्।

 

 

Screenshot 20 6 2025 124731 www.nepalstock.com https://bajarkochirfar.com/national-insurance-company-calls-annual-general-meeting-here-are-the-proposals | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स