राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बीमा संस्थान) ले आफ्नो प्रथम साधारणसभा आउँदो वैशाख ३ गते काठमाडौंको रामशाहपथस्थित प्रधान कार्यालयमा अपराह्न ४ बजे आयोजना गर्ने निर्णय गरेको छ।
सभाले पुँजी वृद्धिको योजना अनुमोदन, कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन तथा सञ्चालक समितिलाई आवश्यक अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले सञ्चालक समितिका अध्यक्षको वार्षिक प्रतिवेदन छलफल गर्नेछ। साथै, आर्थिक वर्ष २०६९/७० देखि २०७३/७४ सम्मका लेखापरीक्षकको प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृत गरिनेछ।
साथै, आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मका लागि महालेखा परीक्षकको कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त लेखापरीक्षक सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्नेछ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया