SHAREHUB SHAREHUB

पुँजीबजारसँग सम्बन्धित धितोपत्र व्यापारी नागरिक स्टक डिलर छैंठौ वर्षमा प्रवेश

Advertisement Ads
पुँजीबजारसँग सम्बन्धित धितोपत्र व्यापारी नागरिक स्टक डिलर छैंठौ वर्षमा प्रवेश
Advertisement Ads

पुँजीबजारसँग सम्बन्धित धितोपत्र व्यापारी (स्टक डिलर) नागरिक स्टक डिलर कम्पनी लिमिटेड मंगलबार बाट छैंठौं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा कम्पनीको सभाहलमा विशेष समारोह आयोजना गरिएको थियो, जसको अध्यक्षता सञ्चालक समितिका सदस्य पर्वत कुमार कार्कीले गरेका थिए।

कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत महेश्वरलाल श्रेष्ठले स्वागत मन्तव्य राख्दै संस्थापक संस्था, नियामक निकाय, ग्राहक तथा सम्पूर्ण शुभेच्छुकहरूलाई साथ, समर्थन र हौसलाका लागि धन्यवाद व्यक्त गरे। साथै, उनले आगामी दिनहरूमा पनि निरन्तर साथ, समर्थन र प्रेरणाको अपेक्षा रहेको उल्लेख गरे।

श्रेष्ठले पुँजीबजारसम्बन्धी सम्पूर्ण सेवाहरू नवीनतम प्रविधिको प्रयोग गर्दै एकै छानामुनि सरल र सहज रूपमा प्रवाह गर्ने लक्ष्य रहेको बताए। यसै सन्दर्भमा, निकट भविष्यमा मार्जिन कारोबार सुविधा, लगानी परामर्श तथा पोर्टफोलियो व्यवस्थापन सेवा सञ्चालनमा ल्याउने योजना रहेको जानकारी समेत दिए।

सोही कार्यक्रममा, धितोपत्र दलाल मार्फत सबैभन्दा बढी कारोबार गर्ने ग्राहकहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन कम्पनीका प्रशासन अधिकृत महेन्द्र नारायण जोशीले गरेका थिए।

475528468 1551653145527270 544846069202564957 n 1 https://bajarkochirfar.com/nagarik-stock-dealer-a-securities-trader-related-to-the-capital-market-enters-his-sixth-year | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स