नाडेप लघुवित्त वित्तीय संस्थाले रिक्त पदहरूको पूर्तिका लागि दरखास्त खुलाएको छ। २०८१/०९/०५ गते प्रकाशित विज्ञापन अनुसार, संस्थाले व्यवस्थापक (विभाग प्रमुख), आन्तरिक लेखापरीक्षक (अधिकृत), र सहायक अधिकृत (सूचना प्रविधि) पदका लागि योग्य उम्मेदवारको खोजी गरिरहेको छ।
नाडेप लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको ईजाजतपत्र प्राप्त गरी ८८ वटा शाखा कार्यालयमार्फत लघुवित्त सेवा प्रदान गर्दै आएको छ। यस वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा जनशक्ति आवश्यक परेको हुँदा इच्छुक र योग्य उम्मेदवारहरूले १५ दिनभित्र आफ्नो आवेदन [email protected] ईमेल ठेगानामा पठाउनुपर्नेछ।
विज्ञापनमा उल्लेख भएका पद र आवश्यकताहरू निम्न प्रकार छन्:
- व्यवस्थापक (विभाग प्रमुख): चार्टड एकाउन्टेन्ट (CA), ए.सि.सि.ए. (ACCA) वा सि.पि.ए. (CPA) तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा २ वर्षको कार्य अनुभव आवश्यक छ।
- आन्तरिक लेखापरीक्षक (अधिकृत): Semi-Qualified Chartered Accountant (ICAN/ACCA बाट CAP-2/IPCC Applied Skills Level उत्तीर्ण गरी ३ वर्षको आर्टिकलसिप अनुभव र स्नातक तह उत्तीर्ण।
- सहायक अधिकृत (सूचना प्रविधि): सूचना प्रविधि विषयमा स्नातक तह उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा १ वर्षको कार्य अनुभव।
उम्मेदवारको उमेर २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्नेछ, महिला उम्मेदवारलाई ५ वर्षको अतिरिक्त उमेर छुट हुनेछ।
उम्मेदवारलाई संस्थाका नियमअनुसार सेवा सुविधा दिइनेछ। चयन प्रक्रिया अन्तर्गत, छनौट सूची, प्रस्तुतिकरण र अन्तरवार्ता हुनेछ। प्राप्त आवेदनहरूबाट छनौट सूची वेबसाइट www.nadeplaghubitta.com मा प्रकाशित गरिनेछ।


प्रतिकृया