सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै नबिल बैंक, कुन कुन प्रदेशमा ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १० गते
सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम दिँदै नबिल बैंक, कुन कुन प्रदेशमा ?
AdvertisementAds

नबिल बैंक लिमिटेडले कृषि व्यवसायमा संलग्न जनशक्तिलाई लक्षित गर्दै मुलुकका विभिन्न १६ ग्रामीण स्थानमा सिपमूलक वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम सुरु गरेको छ। तालिम जुम्लाको सिँजा गाउँपालिकामा वैशाख ९ गतेदेखि सुरु भएको हो र चालु आर्थिक वर्षभित्र थप १५ स्थानमा विस्तार गरिने बैंकले जनाएको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका स्थानीय तहसँगको सहकार्यमा सञ्चालन हुने यस कार्यक्रममार्फत कृषिमा आधारित व्यवसाय गरिरहेका तथा गर्न इच्छुक करिब ५०० व्यक्तिलाई लक्षित गरिएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीका अनुसार तालिममा सहभागीलाई बचत, बजेट निर्माण, ऋण व्यवस्थापन, बीमा तथा लगानीका विकल्पसम्बन्धी प्रयोगात्मक ज्ञान प्रदान गरिनेछ। उनले वित्तीय साक्षरता अभिवृद्धि, बेरोजगारी न्यूनीकरण, नयाँ उद्यम प्रवर्द्धन तथा उद्यमशीलता विकासमार्फत दिगो आर्थिक वृद्धि हासिल गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सञ्चालन गरिएको यो पहलले दिगो बैंकिङको अवधारणालाई समेत अघि बढाउने बैंकको लक्ष्य छ। तालिममा सहभागीलाई बाख्रापालन, बंगुरपालन, भैंसीपालन, च्याउ खेती र तरकारी खेतीजस्ता कृषि व्यवसायमा प्राविधिक सीपका साथै बजार पहिचान, बजारीकरण र वित्तीय व्यवस्थापनसम्बन्धी ज्ञान प्रदान गरिनेछ। बैंकले ग्रामीण क्षेत्रका किसानको रुचि र आवश्यकता पहिचान गरी उनीहरुलाई आत्मनिर्भर बनाउने दिशामा यो कार्यक्रम केन्द्रित गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स