नबिल बैंकले आर्थिक वर्ष २०८०/८१ सकिएलगत्तै आफ्ना कर्मचारीलाई ‘क्लोजिङ बोनस’ स्वरूप तीन महिनाको तलब बराबरको रकम खातामा पठाएको छ। बैंकका अनुसार उक्त बोनस सबै कर्मचारीको खातामा जम्मा भइसकेको छ।
बोनस ऐन २०३० को दफा ५(२) अनुसार, निजी क्षेत्रका बैंकहरुले आर्जन गरेको खुद नाफाको १० प्रतिशत बोनसका लागि छुट्याउनु पर्ने कानुनी व्यवस्था रहेको छ। यही आधारमा बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्षको अन्त्यमा कर्मचारीलाई बोनस वितरण गर्दै आएका छन्।
नबिल बैंकले हाल क्लोजिङ बोनस वितरण गरिसकेको छ भने बाँकी बोनस बाह्य लेखापरिक्षणपछि साधारण सभाको समयमा वितरण गरिनेछ। आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनअनुसार नबिल बैंकमा हाल २४८० जना कर्मचारी कार्यरत छन्।



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)

प्रतिकृया