नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ। सोमबार आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको कुल ११ लाख ८४ हजार ६८६.६ कित्ता बोनस सेयर सूचीकृत भएको हो।
आरएसडीसी लघुवित्तको ९.५० प्रतिशतका दरले हुन आउने ८ लाख ९७ हजार १३३.५२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।
नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशतका दरले हुन आउने २ लाख ८७ हजार ५५३.०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । उक्त बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न सकिनेछ ।



प्रतिकृया