हकप्रद सेयर निष्काशन गर्न मोदी इनर्जी लिमिटेडको विशेष साधारण सभा बस्दै, कहिले ?



हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न मोदी इनर्जी लिमिटेडले असार १९ गते विशेष साधारण सभा बोलाएको छ । सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीले हाल कायम रहेको चुक्तापूँजी १ः१ अनुपातमा अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।


Advertisement

यस्तै, हकप्रद सेयर निष्काशन पश्चात प्राप्त पूँजीको उपयोग, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा सोही अनुसार प्रबन्धपत्रमा संशोधन गर्ने र संस्थापक समूहबाट रिक्त रहेको १ जना सञ्चालकको नियुक्त गर्ने प्रस्तावहरु पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गरेको छ । तसर्थ, असार ११ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर