मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफा तथा सञ्चित मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।
असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो।
उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि कार्यान्वयन गरिने बैंकले जनाएको छ।


प्रतिकृया