कर्मचारीहरूलाई खटाइएको स्थानीय तहमा ७ दिनभित्र हाजिर हुन संघीय मामिला मन्त्रालयको निर्देशन

कर्मचारीहरूलाई खटाइएको स्थानीय तहमा ७ दिनभित्र हाजिर हुन संघीय मामिला मन्त्रालयको निर्देशन

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको रूपमा खटाइएका तर हालसम्म हाजिर नभएका कर्मचारीहरूलाई सात दिनभित्र सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। कर्मचारीहरू समयमै हाजिर नहुँदा स्थानीय तहको सेवा प्रवाहमा गम्भीर असर परेको भन्दै मन्त्रालयले यस्तो सूचना जारी गरेको हो।

मन्त्रालयको मिति २०८२/१२/१९ को निर्णयानुसार खटाइएका ती कर्मचारीहरूले सात दिनभित्र हाजिर नभएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बेहोरा सूचित गरिएको छ। साथै, सम्बन्धित निकायहरूलाई कर्मचारीको रवाना प्रक्रिया छिटो सम्पन्न गरी सहयोग गर्न समेत अनुरोध गरिएको छ।

download 13 https://bajarkochirfar.com/ministry-of-federal-affairs-directs-employees-to-report-to-assigned-local-level-within-7-days | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स