महानगरपालिकाले ६० जनालाई निःशुल्क सोसल मिडिया मार्केटिङ तालिम दिने, यसरी दिनुहोस आवेदन

Advertisement Ads
महानगरपालिकाले ६० जनालाई निःशुल्क सोसल मिडिया मार्केटिङ तालिम दिने, यसरी दिनुहोस आवेदन
Advertisement Ads

पोखरा महानगरपालिकाले ६० जना नेपाली नागरिकलाई निःशुल्क सामाजिक सञ्जाल मार्केटिङ (सोसल मिडिया मार्केटिङ) तालिम सञ्चालन गर्ने भएको छ। पोखरा महानगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गत आर्थिक विकास महाशाखाको व्यवसाय प्रवर्द्धन केन्द्रले चालु आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअनुसार उक्त तालिम सञ्चालन गर्न लागेको हो।

केन्द्रद्वारा शुक्रबार प्रकाशित सूचना अनुसार ७ दिने तालिममा ६० जना सहभागीलाई प्रशिक्षण दिइनेछ। तालिममा सहभागी हुन इच्छुक नेपाली नागरिकले असार ४ गतेभित्र आवेदन दिनुपर्नेछ।

आवेदकले एसएलसी वा एसईई उत्तीर्ण गरेको हुनुपर्ने तथा उमेर १६ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। आवेदनका लागि सम्बन्धित वडाको सिफारिस, नेपाली नागरिकताको प्रतिलिपि, एक प्रति पासपोर्ट साइज फोटो र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने व्यवस्था गरिएको छ।

केन्द्रद्वारा शुक्रबार प्रकाशित सूचना अनुसार ७ दिने तालिममा ६० जना सहभागीलाई प्रशिक्षण दिइनेछ। तालिममा सहभागी हुन इच्छुक नेपाली नागरिकले असार ४ गतेभित्र आवेदन दिनुपर्नेछ।
Idea

व्यवसाय प्रवर्द्धन केन्द्रका अनुसार प्रशिक्षार्थीको छनोट अन्तर्वार्तामार्फत गरिनेछ। अन्तर्वार्ता असार ५ गते बिहान ११ बजे पोखरा सभागृहमा सञ्चालन हुनेछ।

Advertisement Ads

इच्छुक आवेदकले व्यवसाय प्रवर्द्धन केन्द्रको अनलाइन आवेदन फारम मार्फत पनि आवेदन दिन सक्नेछन्।

तालिम सम्बन्धी थप जानकारीका लागि व्यवसाय प्रवर्द्धन केन्द्र, पोखरामा सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ।

pokhara metropolitan city https://bajarkochirfar.com/metropolitan-city-to-provide-free-social-media-marketing-training-to-60-people-apply-here | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स