सीडिएस एण्ड क्लियरिङ लिमिटेडले आज साँझदेखि ‘मेरो सेयर’ तथा ‘सि-आस्बा’ सेवा अस्थायी रूपमा बन्द हुने जनाएको छ। कम्पनीले सञ्चालन गर्दै आएको प्रणालीको डाटाबेस अपग्रेड र माईग्रेसन कार्यका कारण मिति २०८२ भदौ ८ गते साँझ ५:३० बजेदेखि करिब ६ घण्टासम्म यी सेवा प्रभावित हुनेछन्।
सीडिएससीका अनुसार अपग्रेड कार्य पूरा भएपछि सम्पूर्ण सेवा पुनः पूर्ववत् रूपमा सञ्चालन हुनेछ।


प्रतिकृया