काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुट्यो, वरपरका होटेल र घरहरु जलमग्न

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २० गते
काठमाडौंको थापाथलीमा मेलम्चीको पाइप फुट्यो, वरपरका होटेल र घरहरु जलमग्न

आज (मंगलबार) बिहान ५ बजे काठमाडौँको थापाथलीबाट नर्भिक अस्पताल जाने सडक खण्डमा मेलम्ची खानेपानीको पाइप फुट्दा सडक र स्थानीय घरमा पानी पस्यो।

प्रेसरयुक्त पानीका कारण सडक भासिएको छ भने वरपरका पसल, होटेल र घर जलमग्न भएका छन्। सडक भत्केकाले सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।

पाइप फुट्नुको कारण खुल्न बाँकी छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले गेटभल्भ बन्द गरेपछि थप क्षति हुनबाट जोगिएको छ।

यसअघि बबरमहल क्षेत्रमा पनि खानेपानीको मुख्य पाइप फुट्दा सरकारी कार्यालयहरू डुबानमा परेका थिए। त्यहाँ विद्युत् प्राधिकरणको भूमिगत तार बिच्छ्याउने क्रममा पाइपमा क्षति पुगेको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स