पूर्वमन्त्री दीपककुमार साह र रवि लामिछानेबीच भेटवार्ता, केके भयो छलफल ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख १५ गते
पूर्वमन्त्री दीपककुमार साह र रवि लामिछानेबीच भेटवार्ता, केके भयो छलफल ?

पूर्वमन्त्री दीपककुमार साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरेका छन्। भेटमा उनले आफ्नो निर्वाचन क्षेत्र महोत्तरी–२ का जनताका समस्या तथा समसामयिक राजनीतिक विषयमा छलफल भएको जानकारी दिएका छन्।

साहले सोमबार सामाजिक सञ्जालमार्फत भेटबारे जानकारी दिँदै छलफल सकारात्मक भएको र चाँडै परिणाम आउने विश्वास व्यक्त गरेका छन्। उनले भेटको तस्बिर पनि सार्वजनिक गर्दै लेखेका छन्, ‘रास्वपा सभापति आदरणीय रवि लामिछाने ज्युसँग क्षेत्रका जनताद्वारा राखिएको समस्या र समसामयिक विषयमा गहन छलफल, चाँडै परिणाम आउने विश्वास लिएको छु।’

यसअघि साह बालेन्द्र शाह नेतृत्वको सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री थिए। तर पदको दुरुपयोग गरेको आरोपपछि उनलाई करिब दुई सातामै पदबाट बर्खास्त गरिएको थियो। हाल उक्त मन्त्रालयको जिम्मेवारी रामजी यादवले सम्हालिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स