मञ्जुश्री फाइनान्सले राख्यो संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?

बजारको चिरफार
बजारको चिरफार
२०८३ जेष्ठ २७ गते
मञ्जुश्री फाइनान्सले राख्यो संस्थापक सेयर बिक्रीमा, क-कसले किन्न पाउने ?
AdvertisementAds

मञ्जुश्री फाइनान्सले आफ्नो संस्थापक समूहको ८ लाख ३९ हजार ५ सय ८३ कित्ता सेयर बिक्रीमा राखेको छ।

हाल उक्त सेयर खरिदका लागि केवल कम्पनीका संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौंको थापाथलीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश गर्न सक्नेछन्। यसका लागि ३५ दिनको समय तोकिएको छ।

तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट खरिदका लागि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थाहरूका लागि पनि खुला बिक्रीमा ल्याइने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स