नेपाल सरकारका सचिवहरूको बैठकले विषम परिस्थितिमा क्षतिग्रस्त संरचना, मर्मत सम्भार र मालसामान खरिद कार्य तत्काल अगाडि बढाउने निर्णय गरेको छ। आवश्यक परे ऐन र नियमावली संशोधनको प्रक्रिया पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सार्वजनिक खरिद अनुगमन कार्यालयमार्फत अघि बढाउने प्रस्ताव गरिएको छ।
बैठकले प्रकोपपश्चात मूल्याङ्कनका लागि सम्बन्धित निकायसँग समन्वयमा काम अघि बढाउन सुझाएको छ। साथै, प्रतिनिधिसभा चुनाव स्वच्छ र निष्पक्ष वातावरणमा सम्पन्न गर्न राष्ट्रसेवक सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ।
वर्तमान परिस्थितिमा सार्वजनिक खर्चमा मितव्ययिता सुनिश्चित गर्न, बैठक भत्ता नलिने र कार्यक्रम सरकारी भवनमा सञ्चालन गरिने निर्णय गरिएको छ। अत्यावश्यक सेवामा अवरोध नआओस् भनी तत्काल प्रबन्ध मिलाउने तथा चोरी/लुटिएका सामान फिर्ता बुझाउन आह्वान गर्ने निर्णय पनि भएको छ।
















![भोटेकोशी बाढीपछि Hydro Sector को भविष्य, कहिलेसम्म बनिसक्छन क्षतिग्रस्त हाइड्रोहरु ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/tBsU6bnzS8-maxresdefault-150x150.jpg)



प्रतिकृया