instainsta

खरानीबाट पुनः ठडियो महाराजगन्ज भाटभटेनी, आजबाट आयो सञ्चालनमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
खरानीबाट पुनः ठडियो महाराजगन्ज भाटभटेनी, आजबाट आयो सञ्चालनमा
AdvertisementAds

महाराजगंजस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। जेनजी आन्दोलनका क्रममा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएको उक्त आउटलेट बिहीबारदेखि पुनः सञ्चालनमा ल्याइएको हो।

सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले पुनर्निर्माण सम्पन्न गरिएको महाराजगंज भाटभटेनीको उद्घाटन गरेका छन्। आगलागीबाट पूर्ण रूपमा क्षति पुगेको उक्त सुपरमार्केट ६ महिनाभित्र पुनर्निर्माण गरिएको हो।

आन्दोलनका क्रममा भाटभटेनीका १२ वटा आउटलेट पूर्ण रूपमा ध्वस्त भएका थिए, जसबाट कम्पनीलाई करिब १२ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स