लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले बोलायो साधारण सभा, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउने?

लाभांश पारित गर्न महालक्ष्मी विकास बैंकले बोलायो साधारण सभा, कहिलेसम्म कायम सेयरधनीले लाभांश पाउने?
AdvertisementAds

महालक्ष्मी विकास बैंकले पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ। पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधरण सभा बस्ने निर्णय गरेको हो। सभा काठमाडौंको एलिस रिसेप्सन, सुवर्ण शम्शेर मार्ग, ग्रह्रीधारामा बिहान १० बजे सुरु हुनेछ।

सभामा आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ, जसमा ३ प्रतिशत बोनस सेयर र करसहित ४ प्रतिशत नगद लाभांश समावेश छ। साथै, आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाहमाथि छलफल गरिनुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डाहरू पनि रहेका छन्।

सभा प्रयोजनका लागि पुस १६ गते बुक क्लोज गरिनेछ। त्यसैले, पुस १४ गतेसम्म कायम रहेका सेयरधनीहरूले मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स