instainsta

लाभांश पारित गर्दै माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन १० गते
लाभांश पारित गर्दै माछापुच्छ्रे बैंकको वार्षिक साधारणसभा सम्पन्न
AdvertisementAds

माछापुच्छ्रे बैंकले दसैँअघि नै सेयरधनीलाई लाभांश वितरण गर्न सफल भएको छ। शुक्रबार पोखरामा सम्पन्न २७औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेसँगै सेयरधनीहरूले पर्व अघि प्रतिफल पाउने भएका छन्। यस वर्ष सबैभन्दा पहिले वार्षिक साधारण सभा सम्पन्न गर्ने बैंकको रेकर्ड पनि यसले कायम गरेको छ।

गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट बैंकले ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजीको आधारमा ४ प्रतिशत बोनस सेयर (४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ) र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश (४६ करोड ४८ लाख ५४ हजार २९० रुपैयाँ) गरी कुल ८ प्रतिशत लाभांश पारित गरेको हो।

बैंकले नगद लाभांश दसैँअघि नै सेयरधनीको खातामा जम्मा गर्ने जनाएको छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब ८ करोड रुपैयाँ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स