पिपुल्स पावर लिमिटेडका ३९ लाख ७ हजार ९४८ कित्ता सेयरको लकइन अवधि आगामी भदौ १२ गते समाप्त हुने भएको छ। कम्पनीले आज सूचना जारी गर्दै संस्थापक, कर्मचारी तथा स्थानीयहरूका सेयरको लकइन अवधि सकिने जनाएको हो।
पिपुल्स पावरले २०७९ साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ खुला गरेको थियो। उक्त आईपीओ २०७९ भदौ १२ गते बाँडफाँड गरिएको थियो। कानुनअनुसार संस्थापक, कर्मचारी तथा स्थानीयको सेयर बाँडफाँड मितिबाट तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान छ।
कम्पनीका अनुसार लकइन अवधि समाप्त हुने सेयरमध्ये ३२ लाख २६ हजार कित्ता संस्थापक सेयर, ४९ हजार ३४८ कित्ता कर्मचारीसँग रहेको सेयर र ६ लाख ३२ हजार ६०० कित्ता स्थानीयको सेयर रहेका छन्।
यसमध्ये सञ्चालक समितिमा रहेका संस्थापक सदस्य तथा कम्पनीको उच्च व्यवस्थापन तहमा कार्यरत कर्मचारीले भने प्रचलित कानुनबमोजिम सेयर किनबेच गर्न नपाउने स्पष्ट पारेको छ।













![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया