नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले आज साउन ११ गते (आइतबार) का लागि ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ। अत्यधिक गर्मी र रोपाईंको समयमा वर्षा नहुनुका कारण सिँचाइको माग बढेसँगै लोड अत्यधिक बढेपछि विद्युत् आपूर्तिमा कटौती गर्नुपरेको हो।
चनौली वितरण केन्द्रअन्तर्गत नारायणी–माडी, मेघौली–विजयनगर–शुक्रनगर र जगतपुर–रामपुर फिडरहरू प्रभावित हुने छन्।
प्राधिकरणका अनुसार भरतपुरस्थित १३२/३३ केभी सबस्टेशनबाट आउने ३३ केभी डग कन्डक्टर तारमा अधिकतम ३०० एम्पिएरसम्म मात्र विद्युत् प्रवाह गर्न मिल्ने क्षमता छ। तर हाल ४५० एम्पिएरसम्म प्रवाह हुन थालेपछि प्रणालीले लोड थेग्न नसक्ने अवस्था आएको हो।
समस्या समाधानको लागि अघिल्लो आर्थिक वर्षमै बसेनी सबस्टेशनबाट वैकल्पिक ३३ केभी प्रसारण लाइन निर्माण थालिएको जनाइएको छ।
आजको लोडसेडिङ तालिका (साउन ११)
१. नारायणी–माडी फिडरहरू
– बिहान ६:०० बजेदेखि ९:०० बजेसम्म
– दिउँसो ३:०० बजेदेखि ६:०० बजेसम्म
२. मेघौली–विजयनगर–शुक्रनगर फिडरहरू
– बिहान ९:०० बजेदेखि १२:०० बजेसम्म
– बेलुका ६:०० बजेदेखि ९:०० बजेसम्म
३. जगतपुर–रामपुर फिडरहरू
– दिउँसो १२:०० बजेदेखि ३:०० बजेसम्म
– बेलुका ९:०० बजेदेखि १२:०० बजेसम्म



















![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-150x150.png)
प्रतिकृया